Main News

राष्ट्रिय बाल दिवस : शिक्षा र स्वास्थ्यबाटै वञ्चित हुँदा समस्यामा बालबालिका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २९ गते २०:२०
राष्ट्रिय बाल दिवस : शिक्षा र स्वास्थ्यबाटै वञ्चित हुँदा समस्यामा बालबालिका (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ काठमाडौं । कोरोना संक्रमण महामारीका कारण समाजका सबै क्षेत्र तहसनहस हुँदा बालबालिका पनि यसबाट अछुतो छैनन् । अझ संवेदनशील उमेर समुहमा पर्ने बालबालिकाको सर्वाङ्गिण विकासमा गम्भिर असर पुगेको छ ।

बालबालिकाहरुले न त खोप पाएका छन् न त विद्यालय जान नै । जसका कारण स्वस्थ भएर बाँच्न पाउने अधिकार र आफ्नो चौतर्फी विकासका लागि आवश्यक शिक्षा जस्ता आधारभूत अधिकारबाट बालबालिका बन्चित भएका छन् ।

कोरोनाका कारण देशभर करिब ८० लाख बालबालिका विद्यालय जानबाट बञ्चित छन् । भौतिक उपस्थितिमा पढाई सम्भव नभएपछि पठनपाठनका लागि वैकल्पिक शिक्षाामा सरकारले जोड दिएको छ ।

शहरी क्षेत्रका बालबालिका वैकल्पिक पठनपाठनमा सहभागी भए पनि प्रविधिको पहुँचबाट टाढा ग्रामीण भेगका बालबालिका यसबाट बञ्चित छन् । जसका कारण शिक्षाको समान अवसरबाट बालबालिका बञ्चित छन् । अनलाइन र वैकल्पिक शिक्षामा भर पर्दै आएका बालबालिका पनि सिकाइबाट मात्र हैन सामाजिक क्रियाकलापबाट नै टाढिँदै गएका छन् ।

कोरोनाका कारण घरभित्र सीमित बनेका बालबालिका शारीरिकका साथै मानसिक शोषणमा समेत पर्ने गरेका छन् । उनीहरु शोषणमा नपरुन् भन्नका लागि परिवार र समाजले पनि भूमिका खेल्नुपर्ने धितालको भनाइ छ ।

शिक्षा मात्र होइन स्वास्थ्यकै दृष्टिकोणबाट पनि बालबालिका निकै जोखिम मोल्दै आएका छन् । हालको सबैभन्दा ठूलो संकटका रुपमा रहेको कोरोनाविरुद्धको लडाइँमा एक मात्र अस्त्र खोप पनि बालबालिकाका लागि उपलब्ध छैन ।

कतिपय धनी मुलुकले १२ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप दिएका छन् । तर कुल जनसंख्याको करिब १८ प्रतिशतलाई मात्र पूर्ण खोप दिइएको नेपालमा बालबालिकालाई खोप टाढका विषय बनेको छ । यद्यपि सरकारले १२ वर्षमाथिकालाई खोपका लागि अनुमति दिएको छ ।

कोरोना महामारी जारी नै रहेको बेलामा समाज र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि न्यू नर्मलको अभ्यास चलिरहेको छ । बजार पसल तथा उद्योग लगायत क्रमश खुल्दै गएका छन् ।

तर संवेदनशील समूहमै भएका कारण शैक्षिक संस्था सञ्चालन गर्न ढिलाई गर्नु जायज भएपनि उनीहरु शिक्षाा र स्वास्ठ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित नहुन् भन्नेतर्फ भने सरकार गम्भिर हुनैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *