सभामुख सापकोटाप्रति आशंका कायमै छः नेता नेम्बाङ (भिडियो रिपोर्टसहित)
२९ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुख अग्निप्रसाद सापकोटाप्रति आशंका कायम रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उपनेता नेम्बाङले सभामुख सापकोटाले नेकपा एमालेमाथि भेदभाव गरेकाले उहाँमाथि आशंका भएको बताउनुभयो ।
नेम्बाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको दाबी गर्नुभयो ।
उहाँले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
आफूले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले कारबाही गरेको सूचना नटाँसेकोमा एमाले आक्रोशित छ ।
सभामुखले संसदमा देखिएको समस्या समाधानका लागि हिजो सर्वदलीय बैठक बोलाए पनि एमाले सहभागी भएको थिएन ।
प्रतिक्रिया