कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, १५६२ जना संक्रमित थपिए
२९ भदौ २०७८ काठमाडौं । नेपालमा थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १९ जनाको मृत्यु भएको छ।
१० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८० जना र ४ हजार १ सय ७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५ सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ सय ९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन्। झापामा एक सय १७, मोरङमा १ सय ११, कास्कीमा ७६, सुनसरीमा ६६ र रुपन्देहीमा ५४ जना संक्रमित थपिएका छन ।
पछिल्लो पटक कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १० हजार नौ सय ८४ पुगेको छ । १ हजार ५ सय ८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ४२ हजार ३ सय ६ पुगेको छ ।
अहिले देशभर २६ हजार २ सय २ जना सक्रिय संक्रमित छन् । चार सय ५३ जनाको आइसीयूमा र एक सय ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो पटक ८८ हजार एक सय ८४ जनाले कोरनाविरुद्धको खोप लगाएका छन ।
प्रतिक्रिया