एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने अदालतको आदेश (भिडियो रिपोर्टसहित)
२९ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने आदेश जारी गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका पाण्डे र भट्टको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उहाँहरुको एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।
माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवै जनाले निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।
तर भदौ २ गते दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएको भन्दै आयोगले सनाखत गरेको थिएन ।
तर उहाँहरुले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । पाण्डे प्रतिनिनिध सभामा र भट्ट राष्ट्रिय सभामा सदस्य हुनुहुन्छ ।
प्रतिक्रिया