Main News

एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २९ गते १३:३५
एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।

प्रमुख विपक्षी एमालेले कारबाही गरेका १४ सांसद पनि सदनमा उपस्थित भएको भन्दै निरन्तर अवरोध गर्दै आएको छ । भदौ २३ मा प्रतिस्थापन विधेयक पेश हुँदा पनि एमालेले रोष्टम घेराउ गरेको थियो । सहमतिका लागि हिजो सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालेले वहिस्कार गरेको थियो ।

संसदको आजको बैठकले २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत हाल नेपाली कांग्रेसका नेता रुक्मशमशेर जबरा र २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सदस्य मानबहादुर महतोको निधनप्रति सर्वसम्मत् रुपले शोक प्रस्ताव पनि पारित गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *