Main News

प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पारित गरिँदै, एमालेले अवरोध जारी राख्ने

हिमालय टिभी
२०७८ भदौ २९ गते ८:४६
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पारित गरिँदै, एमालेले अवरोध जारी राख्ने

२९ भदौ २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधिसभा बैठकमा आज विनियोजन विधेयक पारित हुँदैछ ।

बैठक दिउँसो एक बजे संसद भवन बानेश्वरमा बस्ने छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधबीच सरकारले आज विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो ।

भदौ मसान्तभित्र बजेट पास गर्नुपर्ने बाध्यताबीच सरकारले आज विपक्षीलाई पेलेरै भएपनि विधेयक अघि बढाउन लागेको हो ।

संसद सचिवालयले जारी गरेको आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक माथि विचार गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसुची छ । तर प्रमुख विपक्षी एमालेले कारबाही गरेका १४ सांसद पनि सदनमा उपस्थित भएको भन्दै निरन्तर अवरोध गर्दै आएको छ ।

भदौ २३ मा प्रतिस्थापन विधेयक पेश हुँदा पनि एमालेले रोष्टम घेराउ गरेको थियो । सहमतिका लागि हिजो सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो । दुबै पक्ष आक्रामक हुँदा संसदमा भिडन्तको अवस्था सिर्जना भएको छ ।

आजको बैठकमा पूर्व सांसद एवै कांग्रेस नेता रुक्मशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसुची पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *