Main News

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, १४८६ जनामा संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ भदौ २८ गते १७:१६
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, १४८६ जनामा संक्रमण पुष्टि

२८ भदौ २०७८ काठमाडौं । नेपालमा थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ४९ जनामा र ४ हजार ७ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा ३ सय १ जना संक्रमित थपिएका छन् ।

यस्तै, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाबाहिर सबैभन्दा धेरै झापामा थप १ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ८ लाख ५९ हजार ३ सय ४३ पुगेको छ । २४ घण्टाको अवधिमा १ हजार २ सय ६० जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ । २४ घण्टामा थप ९१ हजार ८ सय ३० जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुलुकभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० छ । जसमध्ये ४ सय ७५ जना आईसीयू र १ सय ३४ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *