Main News

एमालेको अवरोधका बीच राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक पारित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २८ गते १६:१३
एमालेको अवरोधका बीच राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक पारित (भिडियो रिपोर्टसहित)

२८ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको आजको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक पारित गरेको छ ।

पहिलो बैठक जस्तै राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद्ध पारेका थिए । तर अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक निर्णयार्थ पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनुभयो ।

यो प्रस्ताव निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो ।

यसअघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिई बैठक सञ्चालन हुन नदिने अडान राख्नु भएको थियो ।

एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले राष्ट्रियसभाका पूर्व सांसद रुक्म शमशेर राणाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

गत भदौ २६ गते काठमाडौंमा निधन भएका राणा २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित हुनु भएको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते बुधबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *