Main News

न्याय निरुपणलाई प्रभावकारी बनाउने विषयमा न्यायाधीश र कानून व्यवसायीबीच छलफल हुँदै

हिमालय टिभी
२०७८ भदौ २८ गते ७:२८
न्याय निरुपणलाई प्रभावकारी बनाउने विषयमा न्यायाधीश र कानून व्यवसायीबीच छलफल हुँदै

२८ भदौ २०७८ काठमाडौं । न्याय निरुपणलाई प्रभावकारी बनाउनेबारे सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीबीच आज छलफल हुँदैछ ।

सर्वोच्च अदालतले आज दिउँसो २ बजे बार–बेञ्च समन्वय समितिको बैठक बोलाएको हो । बार–बेञ्च समन्वय समिति न्याय प्रशासन र कानून व्यवसायीबीचको समन्वय र समस्या समाधानका लागि छलफल गर्ने थलो हो ।

समितिमा सर्वोच्च अदालतबाट प्रधानन्यायाधीशसहित चार वरिष्ठतम न्यायाधीश र मुख्य रजिष्ट्रार रहने व्यवस्था छ ।

यस्तै नेपाल बार एशोसिएसनका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वअध्यक्षहरु हरिहर दाहाल र शम्भु थापा तथा सर्वोच्च अदालत बार एसोसिएशनका अध्यक्ष पूर्णमान शाक्य समितिमा सदस्य हुनुहुन्छ ।

समितिमा महान्यायाधिवक्ता पनि रहने छन् । सर्वोच्च अदालतभित्र अहिले प्रधानन्यायाधीश र अर्को समूहबीच चरम द्वन्द्व देखिएको छ । संवैधानिक इजलासदेखि अनेक आदेश र विवादहरुका विषयमा आज सैद्धान्तिक रुपमा छलफलको तयारी गरिएको हो ।

नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमाथि पनि छलफल हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।

न्यायलयमा रहेको विकृति हटाउन त्यो प्रतिवेदनको तत्काल कार्यान्वयन गर्नुपर्नेमा न्यायक्षेत्रका व्यक्तिहरुले जोड दिंदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *