Main News

अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा तीन जना पक्राउ

हिमालय टिभी
२०७८ भदौ २७ गते १८:२१
अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा तीन जना पक्राउ

२७ भदौ २०७८ काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित मात्रिका आँखा अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर पक्राउ परेका हुन् ।

आपराधिक लाभ लिन खोजेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले अस्पतालका एक डाक्टरलाई फोन गरी धम्क्याएर पैसा मागेका थिए ।

परिवारलाई सुरक्षित राख्न मन भए तीन करोड रुपैयाँ लिएर नागढुंगा आउनु भनेका थिए ।

आशिषले अस्पतालको तेस्रो तलाको शौचालयमा बम राखेको बताएका थिए। सेनाको डिस्पोजल टोलीले बम भनिएको शंकास्पद वस्तु नष्ट गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *