Main News

१४ जना सांसद पदमुक्त गरे मात्रै संसद अवरोध हट्छः नेम्बाङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २७ गते १७:५७
१४ जना सांसद पदमुक्त गरे मात्रै संसद अवरोध हट्छः नेम्बाङ (भिडियो रिपोर्टसहित)

२७ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गरेमात्रै संसद अवरोध हट्ने बतउनुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेम्बाङले १४ जनालाई कारवाही गरेको सूचना टाँस गरे संवादको आधार बन्ने बताउनुभयो ।

नेता नेम्वाङले सभामुखले एमालेमाथि भेदभाव गरेको भन्दै यही अवस्था रहे जारी गतिरोध अन्त्य नहुने बताउनुभयो ।

एमालेले तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपालसहित १४ सांसदलाई गरिएको कारबाही सभामुखले कार्यान्वयन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *