Main News

सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश

हिमालय टिभी
२०७८ भदौ २७ गते १६:५१
सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश

२७ भदौ २०७८ काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)मा जान चाहेका एमालेका दुई सांसदलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

एकीकृत समाजवादीमा जान सनाखत गर्न चाहेर पनि नपाएका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदा भट्टलाई भदौ २९ गतेसम्म कारबाही नगर्न सर्वोच्चले एमालेको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

रिटमा सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले आयोगसहितका विपक्षीलाई भदौ २९ गते छलफलमा बोलाएको छ ।

सांसद पाण्डे र भट्टले आफूहरु एकीकृत समाजवादीम्मा जान चाहेको तर निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका क्रममा केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षर सनाखत गर्ने क्रममा सांसद पाण्डे र भट्ट पनि निर्वाचन आयोग पुगेका थिए ।

तर निर्वाचन आयोगले दल दर्ताका क्रममा दिएको निवेदनमा उनीहरुको नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *