Main News

छलफल सकेर एमसीसीको टोली आज राति फर्कँदै

हिमालय टिभी
२०७८ भदौ २७ गते ९:००
छलफल सकेर एमसीसीको टोली आज राति फर्कँदै

२७ भदौ २०७८ काठमाडौं । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को टोलीले एमसीसी परियोजनाको बारेमा शीर्ष तहको छलफल सकेर आज फर्कँने भएको छ ।

छलफल र संवाद सकेर एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली आज राति साढे ८ बजे फर्कँदैछ । तीन दिनको बसाईमा प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका शीर्ष नेतासँग भेटेर एमसीसीका उपाध्यक्ष सुमारको टोलीले एमसीसी परियोजनालाई चाँडै अनुमोदन गर्न वा अस्वीकार गर्न आग्रह गरेको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने सत्ताधारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गरेर मात्रै एमसीसीको बारेमा निर्णय गर्ने निचोडमा पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उपाध्यक्ष सुमारसहितको टोलीले हिजो अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर यस बारेमा छिटो टुङ्गो लगाउन अनुरोध गरेको मन्त्री शर्माको सचिवालयले जनाएको छ । मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले एससीसीबारे राजनीतिकस्तरमा छलफल भइरहेको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *