Main News

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्कीलाई आज सार्वजनिक गरिँदै

हिमालय टिभी
२०७८ भदौ २७ गते ८:१२
संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्कीलाई आज सार्वजनिक गरिँदै

२७ भदौ २०७८ काठमाडौं । संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न अभियुक्त लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।

उनलाई बिहान १० बजे इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा शंकास्पद केही ब्यक्तिहरुको डीएनए परीक्षण गरिएको थियो । यसरी परीक्षण गरिएको मध्ये लोकबहादुर नै हत्यामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।

तेजबहादुर गत सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

घटनाको अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको टोली, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डीएसपी लालध्वज सुवेदीको टोली खटिएको छ ।

गत सोमबार राती मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *