Main News

औषधि व्यवस्था विभागद्वारा बालबालिकाका लागि फाइजर खोप लगाउन अनुमति

हिमालय टिभी
२०७८ भदौ २७ गते ७:५८
औषधि व्यवस्था विभागद्वारा बालबालिकाका लागि फाइजर खोप लगाउन अनुमति

२७ भदौ २०७८ काठमाडौं । औषधि व्यवस्था विभागले कोरोनाविरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।

विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा फाइजर खोप नेपाल आइपुग्नेछ । उक्त खोप १२ वर्ष माथिका बालबालिकालाई लगाइनेछ ।

नेपालमा भारतको कोभिसिल्ड र कोभ्याक्सिन, चीनको भेरोसेल र कोरोना भ्याक, बेलायतमा उत्पादित अस्ट्राजेनेका, अमेरिकामा निर्मित जोन्सन एन्ड जोन्सन खोपले प्रयोगका लागि अनुमति पाएका छन् ।

कोभिडका खोपमध्ये फाइजर खोप निकै धेरै देशमा प्रयोग भएको खोप हो । अमेरिकामा समेत यो खोप पहिलो रोजाईमा रहेको देखिन्छ । फाइजरलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *