Main News
सभामुखले सम्वाद नै नचाहेको एमाले नेता भट्टराईको आरोप (भिडियो रिपोर्टसहित)
२०७८ भदौ २६ गते १६:४८
२६ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले संवाद नै गर्न नचाहेको आरोप लगाउनुभएको छ ।
एमाले स्थायी कमिटी बैठकबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा उहाँले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताउनुभयो ।
पार्टी विभाजनअघि नै एमालेले आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेको थियो ।
तर सभामुख सापकोटाले त्यो कारबाहीलाई मान्यता नदिएपछि नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । सभामुखले एमालेसँग संवाद गरेर अघि बढ्नुपर्ने नेता भट्टराईको भनाइ छ ।
प्रतिक्रिया