राजनीति

प्रतिपक्षलाई पेलेर गए मुलुक द्वन्द्वमा जाने एमाले सांसद बस्नेतको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २६ गते १६:४३
प्रतिपक्षलाई पेलेर गए मुलुक द्वन्द्वमा जाने एमाले सांसद बस्नेतको चेतावनी (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्ष दललाई पेलेर गए मुलुक द्वन्द्वतर्फ जाने चेतावनी दिनुभएको छ ।

चितवनमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा सांसद बस्नेतले हिजो संघीय संसदमा एमाले र मर्यादापलाकबीच भएको घम्साघम्सीलाई कास्टिङको संज्ञा दिँदै यस्तै अवस्था रहे द्वन्द्व सिर्जना हुने बताउनु भयो ।

सांसद बस्नेतले संसदले विकृति मात्रै जन्माउने र कुनै विजनेश दिन नसक्ने भएकाले चाँडै चुनावमा जानुपर्ने धारणा राख्नु भयो । उहाँले मुलुकमा सहमतिको वातारण बनाएर अघि बढ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नु भयो ।

उहाँले सभामुखले नेपालकै इतिहासमा कार्यव्यवस्था समितिको बैठक नराखी र विपक्षी दलसँग छलफल नै नगरी संसद चलाउने प्रचलनको शुरुवात गरेको आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनमा चितवनका सांसद तथा कानून न्याय तथा संसदीय समितिका सभापति कृष्णभक्त पोख्रेलले कानूनी मूल्य मान्यताअनुसार सभामुख चल्न नसकेको आरोप लगाउनु भयो । उहाँले सत्तारुढ गठबन्धनको निर्णयपछि मात्रै एमालेले एमसीसीबारे धारणा बनाउने बताउनु भयो ।

पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले संविधानले नदिएको अधिकार प्रयोग गरेर एमाले विभाजनमा मतियार बनेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्