Main News

एमसीसी संशोधन गरेर मात्र अघि बढाउनुपर्छः एमाले नेता भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २६ गते १६:३५
एमसीसी संशोधन गरेर मात्र अघि बढाउनुपर्छः एमाले नेता भट्टराई (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अमेरिकी सहयोग कार्यक्रम एमसीसीलाई संशोधन गरेर मात्र अघि बढाउनुपर्ने बताउनुभएको छ ।

एमसीसी सम्झौतामा भएका कतिपय प्रावधानहरुलाई पुनःव्याख्या गर्नुपर्ने र नेपालको हित अनुकुल बनाउनुपर्ने भन्दै उहाँले त्यसमा आवश्यक संशोधन गरेर मात्रै एमसीसी अगाडि बढाउनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो ।

नेकपा एमालेले एमसीसीबारे सरकार नै स्पष्ट नभएको भन्दै सरकारलाई आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरेको छ ।

सरकारको धारणा आएपछि एमसीसीमा एमालेले लिने अडानका बारेमा थप प्रष्ट हुने नेता भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *