Main News

बागमती प्रदेशका मन्त्री र पदाधिकारीका लागि आचार संहिता सार्वजनिक

हिमालय टिभी
२०७८ भदौ २६ गते १४:०४
बागमती प्रदेशका मन्त्री र पदाधिकारीका लागि आचार संहिता सार्वजनिक

२६ भदौ २०७८ काठमाडौं । बागमती प्रदेश सरकारले सुशासन र पारदर्शी बनाउन प्रदेश सरकारका मन्त्री र पदाधिकारी आचार संहिता, २०७८ पास गरी सार्वजनिक गरेको छ ।

प्रदेशको मन्त्रिपरिषद्को बैठकले आचार संहिता पास गरेर सार्वजनिकसमेत गरेको हो ।

प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकार, मन्त्रिपरिषद्ले आचार संहिता जारी गरेको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले बताउनुभयो ।

प्रदेशका मन्त्री तथा पदाधिकारीले बागमतीका मन्त्री तथा पदाधिकारीलाई आचार संहिता कुनै पनि नियुक्तिमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने गरी पास गरिएको छ । प्रदेशलाई नमूना प्रदेशका रूपमा विकास गर्ने, युवा र महिलाका लागि आत्मनिर्भर बनाउन उद्यमशीलताको विकास गर्ने, सार्वजनिक सेवा प्रवाह सुशासनयुक्त प्रदेश बनाउने आचार संहितामा उल्लेख गरिएको छ ।

संविधान कार्यान्वयनमा सक्रिय पहल गर्ने, दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिमा लगनशील भई शासन प्रणालीलाई सहभागितामूलक बनाउने, देश र जनताको हित तथा सेवामा निरन्तर सक्रिय रहने उद्देश्य पूर्तिका लागि सुशासन व्यवस्थापन तथा सञ्चालन गर्ने गरी आचार संहिता पास गरेको प्रदेश सरकारका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाक्यको राजनितिक सल्लाहकारमा अर्याल
बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याल नियुक्त हुनुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने गरी प्रमुख सल्लाहकारमा नियुक्त गरेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *