Main News

पूर्वराजदूत एवम् व्यवसायी रुक्मशमशेर राणाको निधन

हिमालय टिभी
२०७८ भदौ २६ गते १३:०६
पूर्वराजदूत एवम् व्यवसायी रुक्मशमशेर राणाको निधन

२६ भदौ २०७८ काठमाडौं । पूर्वराजदूत एवम् व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ ।

मिर्गौलासम्बन्धी समस्याबाट पीडित राणाको आज बिहान आफ्नै निवास काठमाडौंको बत्तिसपुतलीमा ८५ वर्षको उमेरमा निधन भएको हो ।

मिर्गौलाका बिरामी राणा लामो समयदेखि उपचारको क्रममा हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपणपछि उहाँले नियमित डाइलाइसिस गराउँदै आउनु भएको थियो । राणा सन् २ हजार ९ देखि २ हजार ११ सम्म भारतको राजदूत हुनुभएको थियो ।

उहाँ भारतीय संयुक्त लगानीमा रहेको डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक समेत हुनुहुन्थ्यो । राणाले नै बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याउनु भएको थियो ।

उहाँले राष्ट्रिय खेलकूद परिषदमा दुई कार्यकाल सदस्य सचिवको जिम्मेवारीसमेत सम्हाल्नु भएको थियो । राणा नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमशेर राणाका कान्छा छोरा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *