Main News
एमसीसीको टोलीले आज प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष भेट्दै
२०७८ भदौ २५ गते ७:४९

२५ भदौ २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले आएकै दिन हिजो एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो ।
अब आज एमसीसी प्रतिनिधिमण्डलले कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा र सत्तारूढ गठबन्धनकै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने भएको हो।
प्रतिक्रिया