Main News

एकीकृत समाजवादीमा समावेश हुन पाउ भन्दै एमालेका दुई सांसद सर्वोच्चमा

हिमालय टिभी
२०७८ भदौ २३ गते १९:०६
एकीकृत समाजवादीमा समावेश हुन पाउ भन्दै एमालेका दुई सांसद सर्वोच्चमा

२३ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका दुई जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीमा सहभागी हुन पाउँ भन्दै आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

रिटमा एकीकृत समाजवादीका लागि आफूहरुको सनाखत निर्वाचन आयोगले नलिएको भन्दै सनाखत अध्यावधिक गराउन माग गरिएको छ ।

एकीकृत समाजवादी पार्टी गठनमा सुरुमा हस्ताक्षर नगरेका सांसद सनाखतको समयमा निर्वाचन आयोग पुगेका थिए ।

सनाखत नलिएको आयोगले दुबै सांसदको निवेदनलाई नोटिसमा राखिएको बताएको थियो । सनाखतमा सहभागी नभएका कारण एमालेमै रहनुपर्ने भएपछि दुवै सांसदले सर्वोच्च अदालत गुहारेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *