Main News

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

हिमालय टिभी
२०७८ भदौ २३ गते १८:५९
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

२३ भदौ २०७८ काठमाडौं । एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि अवरुद्ध भएको छ ।

बैठक शुरु भएलगत्तै एमाले सचेतक खिमलाल भट्टराईले लोकतन्त्र र संविधान रक्षाको सुनिश्चितता नभएसम्म सदनलाई अगाडी बढ्न नदिने भनेपछि एमालेका सबै सदस्यले उठेर बिरोध गरेका थिए ।

सचेतक भट्टराईले पार्टीले कारबाही गरेका १४ जना सांसदहरुको सूचना समेत नटाँसेर सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप लगाउनुभयो ।

सभामुख सापकोटाको भूमिका लोकतन्त्र, संविधान र कानुनविरोधी रहेको उल्लेख गर्दै उहाँले त्यसलाई मानेर जाने अवस्थामा आफूहरु नरहेको बताउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सञ्चालनमा सहयोग गरिदिन पटक–पटक आग्रह गरेपनि अस्वीकार गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

त्यसपछि बैठक बस्न नसकेपछि सूचना टाँस गरी आगामी शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *