Main News

एमालेको नाराबाजीका कारण संसदको दोस्रो बैठक पनि अवरुद्ध

हिमालय टिभी
२०७८ भदौ २३ गते १७:३५
एमालेको नाराबाजीका कारण संसदको दोस्रो बैठक पनि अवरुद्ध

२३ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीका कारण प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलको नाराबाजीका बिच सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरुको नाम मनोनयन गरेको पढेर सुनाउनुभयो ।

जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरला कुमारी यादव रहनुभएको छ ।

सभामुख सापकोटाले आफु संविधान, नियम, कानून र ऐन अनुसार अगाडी बढ्न प्रतिबद्ध रहेको र आफुले संविधान, नियम, कानूनको बर्खिलाप केही नगरेको भन्दै पटक पटक बैठक सञ्चालन दिन अनुरोध गरेपनि प्रतिपक्षी दलले निरन्तर नाराबाजी गरेर बैठक सञ्चालन गर्न नदिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *