Main News

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, १६४० संक्रमित थपिए

हिमालय टिभी
२०७८ भदौ २३ गते १७:००
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, १६४० संक्रमित थपिए

२३ भदौ २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो पटक देशभर एक हजार ६ सय ४० जनामा संक्रमण देखिएको छ ।

१३ हजार ४५५ वटा नमूनाको परीक्षण गर्दा १ हजार ६४० जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलले जनाएको छ । आज काठमाडौंमा ३ सय ४९, ललितपुरमा १ सय ५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ । त्यस्तै आज २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालको पछिल्लो समय औसत टेष्ट पोजेटिभिटी दर १३ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशमा २९ हजार ४ सय ७९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभरका अस्पतालमा ४ सय ८८ जनाको आइसीयू र १ सय ४० जनाको भेन्टिल्टरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख २३ हजार २ सय ८६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *