Main News

एमसीसीको विरोधमा पोखरामा प्रदर्शन

हिमालय टिभी
२०७८ भदौ २३ गते १५:१७
एमसीसीको विरोधमा पोखरामा प्रदर्शन

२३ भदौ २०७८ पोखरा । एमसीसीको विरोधमा पोखरामा प्रदर्शन भएको छ ।

२२ दलीय गठबन्धनको एमसीसी खारेज आन्दोलन कास्कीले एमसीसीविरुद्ध प्रदर्शन गरेको हो ।

चिप्लेढुङगामा भेला भएका प्रदर्शनकारीले सरकार र राजनीतिक दलविरुद्ध प्रदर्शन गरेका हुन् ।

चिप्लेढुङगा चौतारोमा आयोजित कोणसभामा नेताहरुले ५० अर्बमा देश बेच्न लागिएको भन्दै सबै नागरिक एकताबद्ध भएर सरकारलाई दवाव दिनुपर्ने बताएका छन् । एमसीसी नेपालको पक्षमा नरहेको उनीहरुको तर्क छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *