Main News
एमालेले परिस्थिति हेरेर एमसीसीबारे धारणा सार्वजनिक गर्छः उपमहासचिव पौडेल (भिडियो रिपोर्टसहित)
२०७८ भदौ २३ गते १३:५९
२३ भदौ २०७८ बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव संसदमा पेश भएपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभएको छ ।
बुटवलमा आज आयोजित कार्यक्रममा नेता पौडेलले संसदमा टेबल भएपछि मात्र परिस्थिति हेरेर पार्टीले उचित निर्णय लिने बताउनुभयो । राष्ट्रिय हितलाई अघि सारेर एमालेले निर्णय गर्ने उहाँको भनाइ छ ।
नेता पौडेलले लुम्बिनीमा एमाले विभाजित नभएको दाबी पनि गर्नुभएको छ ।
एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेता पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया