Main News

सङ्घीय संसद्को अधिवेशन आज सुरु हुँदै

हिमालय टिभी
२०७८ भदौ २३ गते ६:४१
सङ्घीय संसद्को अधिवेशन आज सुरु हुँदै

२३ भदौ २०७८ काठमाडौं । संघीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो ।

संघीय संसद्‍मामा नेकपा (एमाले) विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिएका छन्।

संसद्‍मा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद्‍ सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाएको जानकारी गराएको छ।

संघीय संसद्‍ सचिवालयका प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलका लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो । सबै दलका नेताहरु अगाडि रहनेगरी र अन्य सदस्यहरु क्रमशः पछाडि रहनेगरी दूरी कायम गरेर सिटको व्यवस्थापन मिलाइएको छ ।

प्रतिनिधिसभामा सभामुखको दायाँतर्फ सत्तापक्ष र बाँयातर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाइएको छ। आज प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुनेछ ।

त्यसको अलावा शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आज प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिकतासम्बन्धी अध्यादेश पेस हुने छ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश’ पेस गर्ने तय भएको छ । यो अधिवेशनमा सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश संसद्‍मा पेस गर्ने भएको छ।

यसैगरी, तेजाब तथा अन्य रासायनिक पदार्थ (नियमन) अध्यादेश पनि बैठकमा पेस गरिने भएको छ। आर्थिक, राष्ट्र ऋण उठाउने लगायतका अध्यादेश पनि आजको बैठकमा प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ।

संसदमा बैठकमा नयाँ दल कस्तो होला पहिलो दिनको संसद अधिवेशन ? (भिडियो रिपोर्टसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *