Main News
भारतलाई पठाएको कूटनीतिक नोटबारे सरकारले संसदलाई जानकारी दिने (भिडियो रिपोर्टसहित)
२०७८ भदौ २२ गते १९:११

२२ भदौ २०७८ काठमाडौं । संसदमा भोलि गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाको प्रतिवेदन र भारतलाई पठाइएको कूटनीतिक नोटको विषयमा सदनलाई जानकारी गराउनु हुने भएको छ ।
आजको संसदीय दलको बैठकपछि कांग्रेस सचेतक पुष्पा भुषालले भारतीय सुरक्षाकर्मीले तुइन चुडाउँदा एक जना नेपालीको ज्यान गएको बारेमा छानविन गर्न गठिन समितिको प्रतिवेदनबारे भोलि संसदमा जानकारी दिने बताउनुभएको हो ।
सरकारले गठन गरेको समितिले भारतीय सुरक्षाकर्मीले जयसिंह धामी तरिरहेको बेला तुइनको डोरी फुस्काइ दिएको प्रतिवेदन बुझाएको थियो ।
तर त्यो प्रतिवेदन सार्वजनिक नगरेको र धामीको मृत्युबारे भारतसँग केही सोधपुछ नगरेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया