Main News

प्रदेश जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त

हिमालय टिभी
२०७८ भदौ २२ गते १९:०३
प्रदेश जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त

२२ भदौ २०७८ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तै प्रदेश २ मा हुने अनियमितता र भ्रष्टाचारको छानबिनका लागि प्रदेश सरकारले गठन गरेको प्रदेश जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त भएका छन् ।

प्रदेश २ सरकारले आयोगको अध्यक्षमा रौतहटमा राम सहाय राय यादवलाई नियुक्त गरेको हो । यस्तै धनुषाका पूर्व जिविसका वरिष्ठ इन्जिनियर राजकिशोर साह र महोत्तरी गोनरपुरकी शोभा कुमारी महतोलाई सदस्य नियुक्त गरिएको छ ।

तिनैजनालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र प्रदान गर्नुभएको छ । भ्रष्टाचार तथा ढिलासुस्ती नियन्त्रणका लागि उच्चस्तरीय आयोगको व्यवस्था गरिएको प्रदेश सुशासन विधेयक प्रदेश २ को सभाबाट ७६ सालमा नै पारित भएको थियो ।

आयोगले मुख्यमन्त्रीदेखि प्रदेश मातहतका कर्मचारी र स्थानीय तहको समेत छानबिन गर्न पाउने छ ।

आयोगका मन्त्रीस्तरको सुविधा पाउने प्रमुख आयुक्तको कार्यकाल ५ वर्ष रहने र हटाउनुपरेमा संसद्को दुई तिहाइबाट मात्र सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *