Main News

ऐतिहासिक काष्ठमण्डपको छानो छाउने काम शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २२ गते १७:५७
ऐतिहासिक काष्ठमण्डपको छानो छाउने काम शुरु (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम शुरु भएको छ ।

२०७२ सालको भूकम्पले ध्वस्त बनाएको यो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम शुरु गरिएको हो ।

सातौं शताब्दीमा बनेको यो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम शुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

समितिले पूरानै मौलिकतालाई कायम राखेर सो सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमूना उदाहरण पेश गर्न सक्षम हुने दावी समेत गरेको छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि अहिलेसम्म ११ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा यसको पुनर्निर्माण भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *