राजनीति

पार्टी जस्ताको तस्तै जेठ २ मा नफर्कने एमाले अध्यक्ष ओलीको घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २२ गते १६:५४
पार्टी जस्ताको तस्तै जेठ २ मा नफर्कने एमाले अध्यक्ष ओलीको घोषणा (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी २०७५ जेठ २ मा फर्कन सम्भव नभएको बताउनुभएको छ ।

पोखरामा आज भएको बृहत कार्यकर्ता भेलामा अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरिरहेका बेला जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको स्पष्ट गर्नुभएको हो ।

अध्यक्ष ओलीले एमालेसँग लड्ने आँट नेपाली कांग्रेससँग नभएको भन्दै माधवकुमार नेपालप्रति कटाक्ष गर्नुभयो । उहाँले नेपाललाई प्यूसोको संज्ञासमेत दिनुभयो ।

एमाले समाप्त पार्न नेपाल र उहाँको पछि लागेका केही व्यक्तिले प्रदेश–प्रदेशमा मन्त्री पद बाँड्दै हिंडेको ओलीको आरोप छ ।

प्रचण्ड र नेपाल मिलेर एमाले पार्टी कब्जा गर्न खोजे पनि युवा विद्यार्थीहरुले एमाले पार्टीलाई बचाएको भन्दै कार्यकर्ताहरुको प्रशंसा गर्नुभयो ।

सरकारबाट बाहिरिन परेपछि ओलीले पार्टी विभाजन गरी एकीकृत समाजवादी गठन गरेका नेपालसहितका नेताहरुप्रति आक्रामक अभिव्यक्ति दिँदै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्