Main News

वाक स्वतन्त्रता कुण्ठित गरेको भन्दै गृहमन्त्री खाँणको पुत्ला दहन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २१ गते १९:१०
वाक स्वतन्त्रता कुण्ठित गरेको भन्दै गृहमन्त्री खाँणको पुत्ला दहन (भिडियो रिपोर्टसहित)

२१ भदौ २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियु)ले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ ।

सत्तारुढ गठबन्धनभित्रैको विद्यार्थी संगठनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी भारतको विरोध नगर्न विज्ञप्ति जारी गरेको भन्दै गृहमन्त्री खाँणको पुत्ला दहन गरेको हो ।

अनेरास्ववियू विश्वविद्यालय राष्ट्रिय कमिटीहरुको आयोजनामा नेपाल कमर्श क्याम्पस मिनभवनमा गृहमन्त्रीको पुत्ला दहन गरिएको हो । विद्यार्थी नेताहरुले सरकारले वाक स्वतन्त्रतालाई कुण्ठित पार्न खोजिएको भन्दै आक्रोश पोखे।

प्रदर्शनमा एमसीसी सम्झौताको पनि चर्को विरोध गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा आफुहरुकै समर्थनमा प्रधानमन्त्री बनेको भए पनि एमसीसी सम्झौता पारित गर्ने पहल गरेको भन्दै नाराबाजी गरिएको थियो ।

साथै भारतले गरेको सीमा अतिक्रमण, दार्चुला तुइन प्रकरणमा सरकारको मौनतामा पनि विद्यार्थी नेताहरुले सरकारको विरोध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *