Main News
काठमाडौं उपत्यकामा बाढी र डुबान (भिडियो रिपोर्टसहित)
२०७८ भदौ २१ गते १७:०९

२१ भदौ २०७८ काठमाडौं । आज बिहान चार घण्टको बीचमा एक सय ५ मिलिमिटर वर्षा भएसँगै काठमाडौं उपत्यकाका नदी किनारका अधिकांश बस्तीहरु डुबानमा परे ।
उपत्यकाका बागमती, विष्णुमति, धोबीखोला, हनुमन्ते खोलमा पानीको सतह बढेपछि नदीकिनारका अधिकांश घरमा पानी पसेको छ ।
काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेका र एक सय ३८ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ । बिहान बाढीपछि हामी काठमाडौंको थापाथली क्षेत्रमा पुगेका थियौँ –
प्रतिक्रिया