Main News
पहिरोले पुरिएर रोल्पामा ५ वर्षका बालकसहित २ जनाको मृत्यु
२०७८ भदौ २१ गते ९:०४
२१ भदौ २०७८ रोल्पा । रोल्पामा पहिरोले पुरिएर ५ वर्षका बालकसहित २ जनाको मृत्यु भएको छ ।
निरन्तर वर्षाका कारण पहिरो खस्दा रोल्पा नगरपालिका वडा नम्बर १० बाम्लाका पूर्णबहादुर थापाको घर पुरेको थियो ।
पहिरोमा परी थापाका श्रीमती ७० वर्षीया गौरी थापा र ५ वर्षका एक बालकको मृत्यु भएको अनि अरु २ जना घाइते भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लािग खटिएका छन् । रोल्पाकै सुनिल स्मृति गाउँपालिका ४ को फगाम खोलामा आएको बाढीले एउटा बस बगाएको छ ।
बिहान करिव साढे ६ बजे खोला छेउमा रहेको वर्कसपमा बाढी पस्दा मर्मतका लागि राखिएको एउटा बस बगाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया