Main News

मनसुनी वायुका कारण देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७८ भदौ २१ गते ७:४६
मनसुनी वायुका कारण देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन सुझाव

२१ भदौ २०७८ काठमाडौं । मनसुनी वायुको सक्रियताका कारण गएरातिदेखि देशका अधिकांश स्थानमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखाको सक्रियताका कारण काठमाडौं उपत्यकासहित देशका मध्य क्षेत्रमा भारी वर्षा भइरहेको छ । आज बिहानैदेखि सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहित भारी वर्षा भइरहेको छ । आज दिउँसो र साँझ गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि पनि देशको अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैबीच रातभर परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डुबान भएको छ। कालिमाटीमा घर भित्र पानी पसेको छ भने बागमती किनारका सुकुम्बासी बस्तीमा पनि पानी छिरेको छ ।

तारकेश्वर नगरपालिका ५ बोहोराटार फाँटमा खोलामा लगाइएको वाल फुटेर पानी बस्तीमा पसेको छ ।

ठुला नदी तथा जोखिमयुक्त क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *