Main News

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गर्नेमाथि कारबाही गर्ने गृहको चेतावनी

हिमालय टिभी
२०७८ भदौ २० गते १५:१०
भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गर्नेमाथि कारबाही गर्ने गृहको चेतावनी

२० भदौ २०७८ काठमाडौं । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गृह मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालयले गम्भीर आपत्ति प्रकट गरेको उल्लेख छ ।

दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने पनि जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ । मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *