Main News

वीपी प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सेवा बन्द (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २० गते १४:२९
वीपी प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सेवा बन्द (भिडियो रिपोर्टसहित)

२० भदौ २०७८ सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले अत्यावश्यक बाहेकका काम बन्द गरेका छन् ।

विभिन्न मागसहित आन्दोलनमा रहेका प्रतिष्ठानका प्रध्यापक, कर्मचारी र चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा छाडेका हुन् ।

झण्डै तीन महिनादेखि प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीले इमरजेन्सी, कोरोना संक्रमितको उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकमा सेवा बन्द गरेका हुन् ।

संयुक्त संघर्ष समितिले सरकारले माग सम्बोधन गर्न ध्यान नदिएपछि बिहीबार काम छाड्ने चेतावनी दिएको थियो । माग सम्बोधन गर्न चासो नदिएपछि काम छाडिएको संयुक्त संघर्ष समितिको भनाइ छ ।

एक महिनाअघि सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले पदाधिकारीहरूलाई कारबाही गर्न गरिएको सिफारिस र आन्दोलनरत पक्षसँग ६ बुँदे सम्झौता गरेको थियो । तर एक महिनासम्म सम्झौता कार्यान्वयनमा आउन सकेको छैन ।

आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीको बहिर्गमनको माग गर्दै आएको छ । प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने, अनियमितता रोक्नुपर्नेलगायत माग राख्दै शुरु भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले चासो नदिएको संघर्ष समितिको गुनासो छ ।

आन्दोलन नरोकिएपछि प्रतिष्ठानका रजिस्ट्रार डाक्टर मोहनचन्द्र रेग्मीले गएको भदौ ११ गते राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *