Main News
कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चमा आज सुनुवाइ
२०७८ भदौ २० गते १३:०९

२० भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन रोक्न माग गरिएको रिटको सुनुवाइ पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चमा तोकिएको छ।
सर्वोच्च अदालतले आज मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको एकल इजलास तोकेको हो।
बागमती प्रदेशको प्रदेश सभा सदस्य नेपाली कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको थियो ।
रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलने भएकाले कोरोना नियन्त्रण भएपछि मात्र महाधिवेशन गर्ने गरी आदेश माग गरिएको छ।
कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ देखि वडा तहको अधिवेशन सुरु भइसकेको छ।
प्रतिक्रिया