Main News

दिउँसो कम पानी परे पनि राति भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ भदौ २० गते ९:३०
दिउँसो कम पानी परे पनि राति भारी वर्षाको सम्भावना

२० भदौ २०७८ काठमाडौं । आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार आज दिउँसो सामान्य वर्षा भएपनि राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तल रहेकाले दिउँसो कम पानी पर्ने उहाँले बताउनुभयो ।

मौसमविद् बासीका अनुसार यो रेखा नेपालभन्दा तल हुँदा नेपालमा कम पानी पर्ने र नेपालभन्दा माथि भए बाढी, पहिरो र डुबान हुनेगरी ठूलो पानी पर्ने गर्छ ।

अब क्रमिक रुपमा दिउँसो कम पानी पर्दै गएपनि राति भने देशका एकदुई ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसकै प्रभावले अहिले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

यसैबीच सिन्धुलीको मरिन खोला लगायत साना नदीमा एक्कासी बाढी आउँन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी ंपूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

राति मरिनखोला, कुसुन्तार बर्षामापन केन्द्रमा ठूलो पानी परेको र पानी पर्ने क्रम अझै चलिरहेको भन्दै महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेको हो । महाशाखाका अनुसार तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्र जोखिममा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *