Main News

दाङ र तनहुँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७८ भदौ २० गते ८:५६
दाङ र तनहुँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

२० भदौ २०७८ काठमाडौं । दाङ र तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति तनहुँको बन्दीपुर गाउँपालिका १ स्याउली चिसापानीमा ग १ त ३११६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक २३ वर्षका सुदिप कपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका कपालीको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङको लमही नगरपालिका रातुडाँडामा रा ४ प ७८५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमही नगरपालिका ७ हसनापुरका ४६ वर्षका शिवु गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गिरीको लमही अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *