Main News

एमाले फुटेको नभइ बिग्रिएका तत्व चोइटिएको अध्यक्ष ओलीको दाबी

हिमालय टिभी
२०७८ भदौ १९ गते १७:०८
एमाले फुटेको नभइ बिग्रिएका तत्व चोइटिएको अध्यक्ष ओलीको दाबी

१९ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई पार्टीबाट बिग्रिएको तत्व चोइटिएको बताउनु भएको छ ।

काठमाडौं महानगर कमिटीले आज गरेको कार्यकर्ता भेलामा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वर्षौँदेखि पार्टीमा बिग्रिएर रहेको तत्व बाहिरिएको टिप्पणी गर्नुभएको हो ।

अध्यक्ष ओलीले एमालेबाट फुटेर नयाँ पार्टी गठन गरेका माधव कुमार नेपाललाई लक्षित गर्दै पार्टीलाई कमजोर तुल्याएको, २ सय ४० सिटमा चुनाव लड्दा जम्मा ३३ सिट मात्रै जित्न सकेको, बुद्धिष्ट संस्थाको अध्यक्षसमेत बनेको जस्ता आरोप लगाउनु भयो ।

उहाँले एमालेमा असन्तुष्टहरु भाग खोजेर वर्तमान सरकारलाई समर्थन गर्न पुगेको भन्दै अहिलको सरकार लंगुरमा दौडिएकाहरुको झुण्ड भएको टिप्पणी गर्नुभयो ।

ओलीले बर्तमान सरकारसँग कुनै पनि एजेण्डा नरहेको र सरकार परिवर्तन गर्नुको समेत औचित्य नरहेको तर्क गर्नुभयो ।

उहाँले वर्तमान सरकार एमसीसी परियोजनाका विषयमा नबोलेको भन्दै खुसुक्क पास गर्न खोजिएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले नेपालको चीनसँग कुनै सीमा विवाद नरहेको भन्दै सीमा विवाद रहेको प्रमाण दिन चुनौतिसमेत दिनुभयो । उहाँले वर्तमान सरकारले भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै गएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *