Main News

चार किलो सुनसहित पक्राउ परेका दुई युवा सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १९ गते १४:५२
चार किलो सुनसहित पक्राउ परेका दुई युवा सार्वजनिक (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ बाँके । बाँके प्रहरीले चार किलो २१ ग्राम सुनसहित पक्राउ परेका दुई युवालाई सार्वजनिक गरेको छ।

जुत्तामा लुकाएर सुन लैजाँदै गरेको अवस्थामा बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट हिजो मोरङ लेटाङका बुद्धिमान खाती र झापा खुदुनाबारीका अमिर लगुन विश्वकर्मालाई पक्राउ परेको थियो । बरामद भएको सुनमा ६ वटा विस्कुट र एउटा तिलहरी छ ।

पक्राउ परेका अभियुक्तहरुले आफुहरुसँग रहेको सुन वैध भएको र खरिद गरेको विल लगायत कागजाज भएको दाबी गरेका छन् ।

जुत्तामा लुकाएर शंकास्पद तरिकाले सुन ल्याउँदै गरेको अवस्थामा प्रहरीले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर छानबिन शुरु गरेको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

बरामद भएको सुन र अभियुक्तहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइने प्रहरीले जनाएको छ ।

नेपालमा भन्दा भारतमा सुनको मूल्य बढी भएका कारण पछिल्लो समय नेपालगञ्ज नाका हुँदै भारततर्फ सुन तस्करी हुने गरेको छ । बरामद भएको सुन पनि अवैध रुपमा भारत लैजाने योजनाका साथ नेपालगन्ज लगिएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *