Main News

मन्त्रिपरिषद् विस्तारका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

हिमालय टिभी
२०७८ भदौ १९ गते ७:१९
मन्त्रिपरिषद् विस्तारका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

१९ भदौ २०७८ काठमाडौं । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागवण्डाबारे सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ ।

हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । सरकार विस्तारमा भएको ढिलाई र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिनुभयो ।

गत असार २८ गतेको सर्वोच्चको फैसलाअनुसार २९ गते गठन भएको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन। सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन्। यस्तै, माओवादीका तर्फबाट दुईमन्त्री छन्।

छलफलमा एमसीसीका विषयमा देखिएको विवाद र छिमेकी मुलुकसँगको सीमा लगायतका विवादका विषयमा पनि छलफल भएको छ ।

दार्चुलाका जयसिंह धामीको बेपत्ता प्रकरणबारे छानबिन समितिको प्रतिवेदन अनुसार कारबाही अघि बढाउन प्रचण्ड र नेपालले देउवालाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *