राजनीति

पार्टी विभाजनको औचित्य पुष्टि गरेर देखाउन नेपाललाई एमाले नेता नेम्बाङको चुनौति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १८ गते १८:११
पार्टी विभाजनको औचित्य पुष्टि गरेर देखाउन नेपाललाई एमाले नेता नेम्बाङको चुनौति (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिनु भएको छ ।

संविधानसभाका अध्यक्षसमेत रहनु भएका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पार्नु भयो ।

विनाविचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उहाँले त्यसविपरीत गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोपसमेत लगाउनु भयो ।

पार्टी निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनले आज ललितपुरमा गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेताहरुलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘मैले तपाईहरु समक्ष राख्न खोजेको कुरा के हो भने तपाईहरु आआफ्नो ठाउँबाट जुरुक्क उठनुपर्छ । गाउँगाउँबाट उठनुपर्छ, घरघरबाट उठनुपर्छ, र सोध्नुपर्छ – कुन चाँहि विचारधारामा फरक प-यो, कुन चाँहि दर्शन फरक प-यो ? कुन चाँहि कार्यक्रम फरक प¥यो ? र तिमीले नेकपा एमाले छोडेर छुट्टै राजनीतिक दल बनायौं भनेर प्रश्न गर्नु पर्दछ । विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् साथीहरुले । म यतिमात्रै भन्छु । विभाजनको औचित्य स्थापित गर्नु पर्छ ।

उपनेता नेम्वाङले घरघरबाट बाहिर आएर पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टी निकट कानून व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानूनमन्त्री अग्नीप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डको रणनीति जतिखेर पनि सिध्याउने रणनीति अन्तर्गत उनले जतिखेर पनि काम गरिरहे । पार्टीलाई बलियो बनाउनेतर्फ प्रचण्डको कहिल्यै पनि ध्यान गएन । सरकार कब्जा गर्ने र पार्टी कब्जा गर्ने, यो नीति अन्तर्गत उहाँ चल्नु भयो । जब उहाँको नीति यो हो भन्ने देखिन थाल्यो । पार्टीको नेतृत्वले यो कुरालाई देख्न थाल्यो । स्वभाविकै रुपले यो कुरालाई परास्त गर्नुपर्ने थियो । त्यो कुरालाई परास्त गर्ने क्रममा पार्टी भित्र द्धन्द्ध सुरु हुन थाल्यो । कयौं अपराधजन्य कामहरु भए, १९ बूँदे आरोपपत्रहरु लगाउने काम गरिए ।’

नेता खरेलले दल फुटाउन अध्यादेश ल्याउने काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । लोकतन्त्रमा दलहरु फुटाउने काम गर्नु अपराध हुने उहाँको तर्क थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्