Main News

सुनसान सिंहदरबार : मन्त्री नै नभएपछि मन्त्रायलमा पनि छैन चहलपहल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १८ गते १४:०६
सुनसान सिंहदरबार : मन्त्री नै नभएपछि मन्त्रायलमा पनि छैन चहलपहल (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ काठमाडौं । देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र रहेका मन्त्रालय यति बेला सुनसान छन् । राजनीतिक भागबण्डाले नयाँ मन्त्रीको चयनमा ढिलाई हुँदा मन्त्रालय मन्त्रीविहीन भएका हुन् । मन्त्री नै नभएपछि मन्त्रायलमा चहलपहल छैन । मन्त्रीविहीन मन्त्रालयका कर्मचारीसमेत कार्यकक्षमा बस्दैनन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएको डेढ महिना पुगिसकेको छ । तर यो बिचमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा मन्त्रालय सुनसान बनेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा राजनीतिक भागबण्डा नमिल्दा २५ मन्त्रालयमध्ये २० वटा मन्त्रायलको जिम्मेवारी प्रधामन्त्री देउवा आफैंले हेर्नुभएको छ । तर जिम्मेवारी लिए पनि प्रधानमन्त्री कहिल्यै मन्त्रालय जानु भएको छैन ।

२५ मन्त्रालय मध्ये ४ मन्त्रालयमा मन्त्री नियुक्त भए पनि अरु सबै मन्त्रालय मन्त्रीविहीन छन् । मन्त्री नभएपछि अधिकांश मन्त्रालयमा चहलपहल छैन ।

मन्त्रालय अभिभावकविहीन भएका छन् भने कर्मचारीकै भरमा मन्त्रायलको दैनिक प्रशासनिक काम चलिरहेको छ । तर मन्त्रालयले गर्ने महत्वपूर्ण निर्णय र काम हुन सकेको छैन। मन्त्रायलमा मन्त्री हुँदा कर्मचारीलाई समेत भ्याइनभ्याई हुने गरेको भए पनि मन्त्री नहुँदा कामको चापसमेत कम छ ।

मन्त्रालयमा कर्मचारीसमेत भेट्न मुस्किल छ । कर्मचारी को कहाँ के काम गरिहेका छन् कसैलाई मतलव छैन । को आयो गयो केही वास्ता समेत हुने गरेको छैन । मन्त्रालयमा मन्त्री हुँदा कर्मचारीलाइ भ्याइनभ्याई हुने गरे पनि अहिले काम कम छ ।

मन्त्रीको निजी सचिवालय खाली छन् । सचिवालयका कर्मचारीहरु मन्त्रायल आउने, समय कटाउने र घर जाने दैनिकी यसैगरी बितिरहेको छ । कर्मचारीसमेत मन्त्री हुँदा दैनिक मिटिङदेखि भेटघाटको व्यस्तता हुने गरे पनि अहिले शान्त छ ।

कर्मचारीहरुलाई समेत मन्त्री नभएपछि कामको चापसमेत कम भएको छ । ‍मन्त्रायलमा मन्त्री हुँदा भेटघाटदेखि मन्त्रायलको काम लिएर आउनेको सख्या अत्याधिक हुने गरेको भए पनि अहिले त्यस्तो चाप पनि छैन ।

यसरी लामो समय मन्त्रीविहीन मन्त्रालय भएपछि कर्मचारीहरुलाई समेत ‘सरकारी काम कहिले जाला घाम’ जस्तै हाइसञ्चो भएको छ । २५ वटा मन्त्रालयमा मन्त्री नियुक्ति हुँदा सिहदरबार प्रवेश गर्ने दक्षिण गेटदेखि मन्त्रालय परिसर वरपर मानिसहरुको चहलपहल यतिबेला छैन । मन्त्रीविहीन सिंहदरबारभित्र कर्मचारीबाहेक अन्य मानिसहरुको आवतजावत समेत घटेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *