Main News
१४औं महाधिवेशनमा सफल पार्न कार्यकर्तालाई सभापति देउवाको आग्रह
२०७८ भदौ १८ गते १३:१३

१८ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सक्रियरुपमा सहभागी हुन सबै कार्यकर्ता तथा शुभेच्छुकमा आग्रह गर्नु भएको छ ।
१४औं महाधिवेशन अन्तर्गत आजदेखि शुरु हुन लागेको वडा अधिवेशनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै सभापति देउवाले स्वदेश र विदेशमा रहेका पार्टी सदस्य, शुभेच्छुक र शुभचिन्तकलाई महाधिवेशनलाई पर्वकारुपम लिई सहभागी हुन अपिल गर्नु भएको हो ।
लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन पनि सभापति देउवाले आग्रह गर्नुभएको छ ।
महाधिवेशनमा ८ लाखभन्दा बढी क्रियाशील सदस्य सहभागी हुनुलाई देउवाले पार्टीको सफलता भन्नु भएको छ ।
प्रतिक्रिया