Main News

काठमाडौं उपत्यकाको फोहर उठ्न अझै कम्तीमा एक हप्ता लाग्ने

हिमालय टिभी
२०७८ भदौ १७ गते ८:२८
काठमाडौं उपत्यकाको फोहर उठ्न अझै कम्तीमा एक हप्ता लाग्ने

१७ भदौ २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै फोहर उठ्नका लागि कम्तीमा एक हप्ता लाग्ने जनाएको छ।

महानगरसहित काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा विगत १८ दिनदेखि रोकिएको फोहर हिजोदेखि व्यस्थापन गर्न थालिएको भए पनि मौसमले साथ दिए सबै फोहर उठ्न करिब एक हप्ता लाग्ने बताइएको छ।

मङ्गलबार महानगर प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, वरिष्ठ प्रहरी उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो।

हिजोदेखि फोहर उठ्न थालेको भए पनि यसअघि थुप्रिएका धेरै स्थानमा फोहरको डङ्गुर उस्तै छ। विगत १८ दिनदेखि सिसडोलका स्थानीयले अवरोध गर्दा र नियमित पानी परिरहँदा जाने बाटो बिग्रिएको भन्दै फोहर उठ्न सकेको थिएन।

मङ्गलबारको बैठकले सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीयका समस्याका विषय पनि समाधान गरिने भएपछि फोहर व्यवस्थापन हुन थालेको काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

लामो समयसम्म फोहर उठ्न नसकेकाले करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको विभागले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *