गण्डकीमा जनयुद्ध र जनआन्दोलनका घाइतेको निःशुल्क उपचार
१७ भदौ २०७८ गण्डकी । गण्डकी प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलयका घाइते, अपाङग लगायत शहीद, बेपत्ता, घाइते र अपाङगका परिवारका सदस्यहरुको निशुल्क उपचार गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले परिचयापत्रका आधारमा गण्डकी प्रदेश सरकार अन्तर्गतका अस्पतालमा सामान्य स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारले उनिहरुका लागि परिचय पत्र वितरण गर्ने यस अघि नै निर्णय गरिसकेको छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले स्वास्थ्य मन्त्रालयले तयार पार्ने कार्यविधिले यस सम्बन्धमा थप प्रष्ट पार्ने बताउनुभयो ।
सरकारले बजेटमा पनि जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्गको निशुल्क उपचारको प्रबन्ध मिलाउने घोषण गरेको थियो ।
त्यस्तै सरकारले मनाङमा बाढि–पहिरोले घर भत्केका परिवारका लागि थप १ लाख उपलब्ध गराउने निर्णय गरेको छ । मनाङमा बढि पहरोमा परि ७५ घरमा क्षती पुगेको थियो ।
त्यस्तै बजेटमा सम्बोधन नभएका थप ६ वटा आयोजनाको लागि बजेटको सुनिश्चितता गरेको छ । ५ वटा सडर र एउटा मोटरेवल पुलका लागि २३ करोड ७५ लाख स्रोत व्यवस्थापन भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया