Main News
मीन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा
२०७८ भदौ १६ गते १८:५२
१६ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य तथा नेपाल दलित संघको अध्यक्ष पदबाट राजीनामा दिनु भएको छ ।
पार्टीको आगामी १४ औँ महाधिवेशनमा वडा तहदेखि केन्द्रसम्म दलित प्रतिनिधित्वको सुनिश्चितता नभएको भन्दै उहाँले पदबाट राजीनामा दिनु भएको हो ।
विश्वकर्माले निर्वाचन निर्देशिकामा जालझेल गरी उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्व पूर्णतः निषेध गरिएको आरोप लगाउनु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको राजीनामा पत्रमा नेता विश्वकर्माले १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको स्मरण गर्नुभएको छ ।
प्रतिक्रिया